नियम ५६
भैपरी आउने खर्च
ऐनको दफा २२४ को उपदफा (२) को प्रयोजनको लागि जिल्ला
विकास समितिले स्वीकृत बजेटको परिधिभित्र रही ऐन बमोजिम कर, शुल्क, सेवा
शुल्क, दस्तुर र भाडाबाट उठाएको कुल रकमको एक प्रतिशतसम्म रकम भैपरी
आउने विकास निर्माण कामको लागि खर्च गर्न सकिनेछ ।